• २०७८ माघ १४ गते शुक्रवार

दाङमा हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद फैसला

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

दाङ देउखुरी जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका तुलसीपुरका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरी सहित सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । तुलसीपुर १२ उरहरीका रामबहादुर वलीको हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई दोषी ठहर गदै उक्त फैसला सुनाईएको छ । २०७६ साल असार २८ गते उरहरीमा ठकुरीको समुहले खुकुरी प्रहार गर्दा वलीको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ बर्ष कैद सजाय सुनाइएको छ । अभियुक्त ठकुरीले यस अघि २०६९ मंसिर ३० गते दाङको मोतिपुरका जितबहादुर चौधरीमथि गोली प्रहार गरि हत्या गरेका थिए । त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले ठकुरीलाई अदालतले सुधारगृह पठाएको थियो । तर उनी सुध्रिनुको साटो उल्टै विभिन्न समयमा अपराधिक गतिविधिमा संलग्न हुदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार