• २०७८ माघ १४ गते शुक्रवार

नेपाली सेनामा राउटे समुदायबाट एक्ली बिस्ना

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

भीमदत्त नगरपालिका–९ मटेनाकी २६ वर्षीया बिस्ना नेपाली सेनामा कार्यरत भएको ११ वर्ष भयो । राउटे समुदायबाट सेनामा चर्ना भएकी उनी सम्भवतः एक्ली महिला हुन । उनी २०६७ मा सेनाको बकासी (बन्दोबस्ती कार्य सिपाही) भर्ना भएकी बिस्नालाई सुरुमा निकै गाह्रो भएको बताइन । अरूका बोली र भाषा नबुझ्ने, आफ्नो बुझाउन पनि सकस हुने । कति दिन त नोकरी छाडेर पुरानै दिनचर्यामा फर्किन मन लाग्थ्यो । तर उनले हिम्मत हारिनन । बिस्तारै बुझ्दै र सिक्दै गइन । ‘सुरुमा कसैले बोलेको नबुझ्ने एकथोक भन्दा अर्कोथोक गर्थे, सबै हाँस्थे,’ उनले बताइन । अहिले भने सबै काम सिकिसकेको बताइन । अहिले निकै सजिलो छ, बकासी सेनाको हतियार नचलाउने दर्जा हो । यो दर्जामा कार्यरतहरूले भान्साको काम र सरसफाइ गर्छन । बिस्ना पनि बिहान ५ बजे उठेर कार्यालय सफा गर्ने, बाहिरभित्र झाडु लगाउने आदि काम गर्छिन । ‘बिहानदेखि साँझसम्म सरसफाइकै काम हुन्छ,’ उनले भनिन्, ‘सजिलो नै छ, गाह्रो छैन ।’ हाल कैलालीको बडैपुरस्थित कालीरक्षा गणमा कार्यरत बिस्नाले डडेलधुराको पर्शुराम नगरपालिकाको आमपानीमा ३ कक्षासम्म पढेकी छन । आमाबुबा आमपानीबाट ब्रह्मदेव नजिकैको मटेनामा बसाइँ सरेपछि उनले पढ्न नपाएको बताइन । स्थानीयकै सहयोगमा उनी सेनामा भर्ना भइन । भर्ना भएपछि दाङका दीपेन्द्र अधिकारीसँग उनको विवाह भयो । अधिकारी रोजगारीका लागि भारतको महाराष्ट्रमा छन । उनले भनिन्, ‘आमा र भाइहरूको अवस्था कमजोर भएकाले खर्च आफै दिने गरेको बताएकी छन । चाडपर्वका बेला माइतमा सबैका लागि लुगा र खानेकुरालगायत सामग्री आफै ल्याउने गरेको बताइन । बिस्नाको चार भाइ र एक बहिनी छन  । बहिनी ५ कक्षामा पढ्छिन भने ३ भाइ गाउँमै ज्यालामजदुरी गर्छन । सरकारले राउटे समुदायको पुनःस्थापनासँगै सामाजिक सुरक्षा भत्तासमेत उपलब्ध गराएको छ । तर त्यसले मात्रै खर्च नपुग्ने उनीहरू बताउँछन । कञ्चनपुरको भीमदत्त–९ मटेना, ब्रह्मदेव र खल्लामा करिब एक दर्जन राउटे परिवारको बसोबास छ ।–कान्तिपुर दैनिकबाट साभार ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार