• २०७८ माघ १४ गते शुक्रवार

आज मौसमा सुधार,भोलिदेखि यि प्रदेशमा पानी पर्ने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

आज मौसममा केही सुधार भए पनि भोलिदेखि पश्चिमी क्षेत्रबाट पानी पर्न सुरु हुने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्का पानी परेको थियो । मौसमविद् अनुसार भोलिदेखि पुनः अर्को पश्चिमी वायुसँगै आएको न्यूनचापीय प्रणालीको प्रभाव रहनेछ । आज केही प्रदेशमा हुस्सु र कुहिरो लाग्नेछ । पहाडी भू–भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ । उच्च पहाडी र हिमाली भू–भागका केही ठाउँमा मध्यम खालको हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार