• २०७९ जेष्ठ ११ गते बुधवार

ट्याक्टर पल्टीदा चालकको घटना स्थलमै मृत्यु,श्रीमती घाइते

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

रुकुमा ट्याक्टर पल्टीदा चालकको घटना स्थलमै मृत्यु भएको छ भने श्रीमती घाइते भएको प्रहरीले बताएको छ । गए राति १ बजेको समयमा जिल्लाको आठबीसकोट नगरपालिका –७ औल स्थित रा १ त ४४१२ नम्बरको ट्याक्टर पल्टीदा चालक २५ वर्षीय करण नेपालीको मृत्यु भएको छ भने चालककी श्रीमती २० वर्षीया सपना बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कपिलजंग शाहीले जानकारी दिए । जिल्लाको आठबिसकोट नगरपालिकाको औलबाट राडी बजार तर्फ जाँदै गर्दा ट्याक्टर सडकबाट अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जानकारी दिएको छ । घाईते बिकको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार