कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालझाडी गाउँपालिका ९ का ५५ वर्षीय रानि राना,४३ वर्षीया रतना कुमारी राना र ६५ वर्षीय द्रोपति राना रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए । शुक्रबार दिउँसो वेदकोट नगरपालिकाको दैजीबाट जन्ती बोकेर फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्याक्टर झलारीमा दुर्घटना हुदा सोहि ट्याक्टरमा सवार १४ जना घाइते भएका थिए । दुर्घटनमा गम्भीर घाइते भएका रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने घाइते मध्ये ८ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ट्याक्टर तिव्र गतिका कारण दुर्घटना भएको थियो । उक्त ट्याक्टरमा ३० जना बढि सवार भएको प्रहरीले बताएको छ ।