• २०७९ जेष्ठ ११ गते बुधवार

३० औ अन्तर्राष्ट्रिय अपाङगता दिवस दाङमा पनि मनाईयो

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

३० औ अन्तर्राष्ट्रिय अपाङगता दिवस दाङमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा शुक्रवार तुलसीपुरमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शाखा सभापति तुलसीराम सुनारको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले अपाङगता भएका व्यक्तिहरुले पनि सपाङग सरह जिवन बिताउन पाउनु पर्नेमा जोड दिएका छन् । समाजमा अपाङगता भएका व्यक्तिहरु प्रति गरिने विभेदलाई अन्त्य गर्न सवै सचेत हुनु पर्नेमा उनीहरुले जोड दिएका छन् । सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुसील बस्नेत, समाजका केन्द्रिय सचिव निर्मल नेपाली,बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज दाङका अध्यक्ष खुमानन्द अधिकारी,अपाङ समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेल, केन्द्रका महासचिव दोलक खत्री, अधिबक्ता मोहन धिताल लगाएतले मन्तब्य राखेका थिए । समाज दाङका सचिव निर्मला डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव उषा गौतमले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार