• २०७८ माघ १४ गते शुक्रवार

ओमिक्रोन संक्रमण देखिएका यि देशबाट नेपाल आउन रोक

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

पछिल्लो समय विश्वका केहि देशलगाएत भारतमा समेत कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखा पर्न थालेपछि सरकारले कडाई गर्ने भएको छ । बाहिरी मुलुकबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाउने भएको हो । अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । ती देशलाई ट्रान्जिट बनाइ नेपाल आउने वा गएको तीन हप्ताभित्र ती देश भ्रमण गरेका यात्रुलाई गएराति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार