• २०७८ माघ १४ गते शुक्रवार

कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजासार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आज ९ बजे बोर्डको बैठक बस्दैछ । बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माकाअनुसार एक÷दुई दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी छ । बोर्ड बैठकले आजै नतिजा निकाल्ने निर्णय पनि गर्न सक्नेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो । देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो । यस्तै,परीक्षा दिन छुटेका विद्यार्थीका लागि आउँदो बुधवारसम्म परीक्षा सञ्चालन हुने भएको छ । हिजोदेखि छुटेका विद्यार्थीहरुका लागि परीक्षा सुरु भएको हो । परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार