• २०७८ माघ १४ गते शुक्रवार

‘नेपाल आइडल’को चौथो सिजन मंसिर २३ गतेबाट प्रसारण हुने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

चर्चित रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजनको प्रसारण मिति सार्वजनिक गरिएको छ । ‘नेपाल आइडल सिजन ४’ मंसिर २३ गतेबाट प्रसारण हुने भएको छ । धरहराको बार्दलीमा बसेर यो शोका होस्ट आसिफ शाहले प्रसारण मिति सार्वजनिक गरेका हुन् । ‘नेपाल आइडल’ एपी १ एचडी टेलिभिजनबाट प्रसारण हुनेछ । उनले राजा महाराजाहरुको पालामा अग्लो ठाउँबाट कटुवालले सन्देश पु¥याउने शैलीमा यो रियालिटी शोको चौथो सिजनको प्रसारण मिति सार्वजनिक गरेका छन् । नेपाल आइडलका अघिल्ला तीन सिजनले दर्शकको उल्लेख्य साथ पाएको थियो । यो शोबाट जन्मिएका थुप्रै प्रतिभाहरु अहिले नेपाली सांगीतिक क्षेत्रमा चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार