• २०७८ माघ १४ गते शुक्रवार

कोरोनाको नयाँ भेरियन्ट ’ओमिक्रोन’ भारतमा पनि फेला

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव अग्रवालले बताए । पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिए । उनीहरू सबैलाई आइसोलेशनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहसचिव अग्रवालको भनाइ छ । उनले अन्य कोरोना भाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनुपरेको स्पष्ट पारे । सुरुमा बी.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ’ओमिक्रोन’ नामाकरण गरेको हो । यसलाई डब्ल्यूएचओले उच्च सतर्कता अपनाउनुपर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरि नै सतर्कता बढाउन थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार