• २०७८ माघ १४ गते शुक्रवार

दैनिक २ लाख जनालाई कोरोना खोप ब्यवस्था

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

सरकारले अब कोभिड–१९ विरुद्धको खोप दैनिक २ लाख जनालाई लगाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख जनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । कोभिड–१९ विरुद्धको खोपसम्बन्धमा स्पष्ट रणनीति बनाउने र नेपाल सरकारबाट सबै नेपालीलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने प्रतिबद्धता भए अनुरुप प्रतिदिन न्यूनत्तम २ लाख जनालाई अनिवार्य रुपमा खोप लगाउने व्यवसथा मिलाउन बैठकले मन्त्रालयलाई निर्देशन दिएको हो । खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाका अनुसार केन्द्रीय तथा प्रदेश खोप भण्डारण कक्षमा हाल करिब ५० लाख डोज खोप स्टक रहेको छ । मन्त्रालयले एकैदिन झण्डै ३ लाख जनालाई खोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार