• २०७८ माघ १४ गते शुक्रवार

आज ‘अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस’,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

आज ‘अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शोषण अन्त्यका लागि सन्देश दिन भन्दै हरेक वर्ष डिसेम्बर २ तारिखमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा १९८३ सालमा चन्द्र शम्शेर राणाले दास प्रथा उन्मूलनको घोषणा गरेका थिए । नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएको छ । तर अहिले दासताको परिवर्तित स्वरुपले विश्वमा मात्रै नभइ नेपालका लागि पनि चुनौतीपूर्ण विषय बनेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को पछिल्लो तथ्याङ्क अनुसार ४ करोडभन्दा धेरै मानिसहरु विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । नेपालमा आन्तरिक तथा बाह्य बेचविखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको छ । मानव तस्कर, अङ्ग तस्कर जस्ता घटना बढिरहेका प्रहरीको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार