• २०७९ जेष्ठ ११ गते बुधवार

नेपाली कांग्रेसको आज एकैसाथ प्रदेश अधिवेशन हुदै, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदै छ । अधिवेशनको पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तय भएको छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ । प्रदेश–१ को अधिवेशन विराटनगरमा, प्रदेश–२ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रदेश अधिवेशनका लागि तीन÷तीन जनाका दरले २१ जना अधिकृत तोकिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । देश सङ्घीयतामा गएपछि कांग्रेसले सङ्गठन संरचना वडा, पालिका, प्रतिनिधि सभा÷प्रदेश क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएको छ । हिजोसम्ममा कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । बाँकी १६ जिल्लामा भने महाधिवेशनपछि गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार