• २०७८ माघ १४ गते शुक्रवार

तुलसीपुरमा यहि २३ गतेदेखि अर्को महोत्सव संचालन हुदै

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

तुलसीपुरमा प्रादेशिक फेष्टीबल २०७८ संचालन हुने भएको छ । चन्द्रसुर्य यातायात प्रालि तुलसीपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी मंसीर २३ गतेदेखि २९ गते सम्म व्यापारिक तथा सांस्कृतिक महोत्सव संचालन गर्ने जनाएको छ । पर्यटन प्रर्वद्धनको विकास गर्ने उद्देश्यका साथ तुलसीपुर ६ बरुवागाउँमा महोत्सव संचालन गर्न लागीएको महोत्सव मुल आयोजक समितिका संयोजक सम्भु रेग्मीले जानकारी दिए । गत वर्ष नै संचालन गर्ने तयारी भएपनि कोरोना माहामारीले गर्दा स्थगित भएको जानकारी दिदै उनले यस वर्ष संचालन गर्न लागीएको बताएका छन । महोत्सवमा सांस्कृतिक प्रतियोगिता,खेलकुद प्रतियोगिता,व्यापारिक स्टल,चर्खे पिङ,बालउद्यान लगाएत अन्य कार्यक्रम तथा प्रर्दशन हुने उनले जानकारी दिएका छन । त्यसैगरी महोत्सवको बिषेश आर्कषकका रुपमा प्याराग्लाईडिङ हुने जनाइएको छ । महोत्सवबाट बचत भएको रकम शैक्षिक क्षेत्रमा लगानी गरिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार