• २०७८ माघ १४ गते शुक्रवार

सर्वोच्च अदालतमा आजदेखि गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रक्रियाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देखिएका विकृति र विसंगति कम हुने अनुमान गरिएको छ । गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भए पछि गएको कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू पनि इजलासमा फर्किँदै छन् । न्यायाधीशहरु ३७ दिनपछि इजलास फर्किन लागेका हुन् ।त्यसैगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका कारण आज उनि अदालतमा अनुपस्थित हुने भएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार