• २०७८ माघ १४ गते शुक्रवार

श्रीमानको हत्या आरोपमा दाङकी एक महिला पक्राउ

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

श्रीमानको हत्या गरेको आरोपमा दाङकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा न.१० घर भई हाल घोराही उपमहानगरपालिका वडा न १६ बस्ने ५० वर्षीया दिलकुमारी सेन रहेको प्रहरीले जनाएको छ । उनीमाथि आफ्ना श्रीमान द्रोणबहादुर सेनको हत्यामा संलग्न रहेको आरोप छ । २०७१ चैत ९ गते बिहान ६ बजे काठमाडौं महानगर–१० धोवीखोलास्थित सिम्रिक पुलमुनि उनको शव फेला परेको थियो । महाशाखाका अनुसार उनको टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको थियो । दिलकुमारीका श्रीमान द्रोण बहादुर सेनको हत्यामा संलग्न रामेछापको गोकुलगंगा गाउँपालिका ४ का ५४ वर्षीय भिमे सार्की भने पुर्पक्षका लागि थुनामा रहेका छन् । उनलाई ०७७ साल मागुन ११ गते काठमाडौं जिल्ला अदालतले हत्यामा संलग्न रहेको भन्दै थुनामा राख्न आदेश दिएको थियो । उनी द्रोणका हत्यामा संलग्न रहेका मध्ये मुख्य रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकी द्रोणकी श्रीमती दिलकुमारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत नयाँ बनेश्वरमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार