• २०७८ माघ १४ गते शुक्रवार

एमालेको अध्यक्षमा पुनः ओली विजयी,३०१ सदस्यीय केन्द्रीय कमिटी चयन

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । आयोगका संयोजक विजय सुब्बाले ओली १८३७ मत ल्याएर विजयी भएको घोषणा गरे । यस्तै भीम रावल २२३ मत ल्याएर पराजित भएको जानकारी दिए । यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएको पनि घोषणा गरेका छन । यसैविच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । मंगलबार बिहान भएको मतदानको गणना सकिएपछि केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले उनलाई सपथ गराएका हुन् । आफूले सपथग्रहण लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथग्रहण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार