• २०७८ माघ १४ गते शुक्रवार

अबको केहि दिन देशका धेरै ठाउँमा बदली हुने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

अबको केही दिन देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । अरब सागर र आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको मौसमविद्ले बताएका हुन् । यो प्रणालीका कारण पहाडी जिल्लामा वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । भोलि सुदूरपश्चिम र पश्चिमका केही पहाडी जिल्लामा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा हिमपात हुने मौसम विदले पौडेले बताएका छन । आज पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार