• २०७८ माघ १४ गते शुक्रवार

जीप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

म्याग्दीमा जीप दुर्घटना हुदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । सोमबार साँझ बेनीबाट बेगको सिम तर्फ जादै गरेको ग १ ज ७२५१ नम्बरको जीप रघुगंगा गाउँपालिका १ बेगको औलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यस ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । त्यसैगरी घाइते हुनेमा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा रहेको प्रहरीले बताएको छ । उनीहरुलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । जीप सडकबाट तीन सय मिटर तल खोल्सामा खसेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार