• २०७८ माघ १४ गते शुक्रवार

तुलसीपुरमा आउदो पुस १ गतेदेखि महोत्सव संचालन हुने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

तुलसीपुरमा आउदो पुस १ गतेदेखि १२ गते सम्म प्रथम ऐतिहासीक तुलसीपुर महोत्सव २०७८ संचालन हुने भएको छ । तुलसीपु चेम्बर अफ कमर्सको आयोजनामा महोत्सव संचालन हुने भएको हो । व्यापार व्यवसाय संगै आर्थिक चलायमान बनाउन तथा सांस्कृतिक तथा आन्तरिक पर्यटन र प्रर्वद्धनमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षाका साथ महोत्सव संचालन गर्न लागीएको अध्यक्ष टोप बहादुर घर्तिले जानकारी दिए । तुलसीपुर क्षेत्रमा तुलसीपुर उद्योग बाणिज्य संघ लगाएत विभिन्न सामाजिक संघसंस्थाहरुले महोत्सव संचालन गरेको अवगत गराउदै आफुहरुले पहिलो पटक महोत्सवको आयोजना गर्न लागीएको अध्यक्ष घर्तिले बताए । महोत्सव संचालनका लागी स्थानिय प्रशासनबाट अनुमति समेत लिईसकेको बताउदै उनले मुल आयोजक समिति गठन गर्नुको साथै विभिन्न उपसमितिहरु समेत गठन भईसकेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार