• २०७८ माघ १४ गते शुक्रवार

नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि आज राति ९ बजेदेखि मतदान हुदै

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

चितवनमा भइरहेको दशौँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि आज सोमवार राति ९ बजेदेखि मतदान हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म गरिने भएको हो । त्यस्तै मतदान सम्पन्न भएपछि १४ गते नै मतगणना गरिने, त्यही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम गर्ने निर्वाचन आयोगले निकालेको सूचनामा उल्लेख गरिएको छ । महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक चरणको उम्मेदवारको सूचीअनुसार केही समूहमा निर्विरोध र धेरैजसो समूहमा निर्वाचन हुने देखिएको हो । पदाधिकारी अन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने देखिन्छ । एक जना अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । ६ जना उपाध्यक्षका लागि सात जना र सात जना सचिवका लागि नौ जनाको उम्मेदवारी परेको परेको छ । खुला ८४ जना केन्द्रीय सदस्यमा ८५ जनाको उम्मेदवारी परेको छ । खुला (महिला) तर्फ पनि ५३ जनाका लागि ५४ जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएको छ । सुदुरपश्चिमकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएको हो । प्रदेश १ को खुला सदस्यका लागि ६ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, वाग्मती प्रदेशमा ६ सदस्यका लागि आठ जना, कर्णाली प्रदेशमा ६ सदस्यका लागि सात जना र सुदूरपश्चिम प्रदेशमा ६ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिममा तीन सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजातिको खुलातर्फ १७ सदस्यका लागि १९ र महिलातर्फ आठ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । मधेशीको खुलातर्फ १३ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । दलितको खुलातर्फ आठ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । थारुको खुलातर्फ पाँच सदस्यका लागि ६ जनाको र महिलातर्फ दुई सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ । मुस्लिम खुलामा चार जनाका लागि ६ जनाको उम्मेदवारी परेको छ । पिछडिएको क्षेत्रअन्तर्गत खुलातर्फ तीन सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार