• २०७८ माघ १४ गते शुक्रवार

नेकपा माओवादी केन्द्र दाङद्धारा दश पालिका मध्य ८ पालिकामा नेतृत्व चयन

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेकपा माओवादी केन्द्र दाङले दश स्थानीय तह मध्य ८ स्थानिय तहमा निर्विरोध रुपमा नेतृत्व चयन गरेको छ । शनिबार भएको सम्मेलनबाट जिल्लाका ८ स्थानिय तहमा नेतृत्व चयन गरिसकेको छ भने तुलसीपुर र लमहीमा भने कार्यसमिति चयन भएता पनि नेतृत्व चयन बाँकी रहेको माओवादी केन्द्र दाङले जनाएको छ । माओवादी केन्द्रका अनुसार घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा निर्वाचित भएका छन । यस्तै उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश वली, सचिव भएको माओवादी केन्द्रले जनाएको छ । पश्चिम दाङको शान्तिनगर गाउँ कमिटिको अध्यक्षमा नेब बहादुर रोका चयन भएका छन । उपाध्यक्षमा खजेन्द्र शर्मा, रिता बटाला र हिरालाल वली निर्वाचित भएका छन । सचिवमा पिमलाल वली, सहसचिवमा हिरा सुनार छन भने कोषाध्यक्ष जंग बहादुर पुन सहित ४९ सदस्यीय गाउँ कमिटी गठन गरिएको केन्द्रले जनाएको छ । बबई गाउँपालिकाको अध्यक्षमा डिल्ली बुढाथोकीको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन भएको पार्टीले जनाएको छ । यस्तै दंगीशरण गाउँपालिकाको अध्यक्षमा मणिराम चौधरी निर्वाचित हुनु भएको छ भने उपाध्यक्षहरूमा बीरु ओली, निर्मला चौधरी र दिलकुमारी बिक, सचिव दीपक गौतम, सहसचिव टङ्क ओली र कोषाध्यक्ष हरिप्रसाद कक्रेल निर्वाचित हुनु भएको हो ।

यसैगरी गढवा गाउँपालिकामा श्याम नारायण पोखरेल अध्यक्षमा चयन भएका हुन् । शर्माको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षहरु दिपा पुन, बसन्ती चौधरी , देबराज यादब,सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञान बहादुर परियार र कोषाध्यक्षमा बसन्त गिरी हुनु भएको छ । यस्तै राप्ती गाउँपालिकामा अध्यक्ष श्यामेश चौधरी, उपाध्यक्षहरू राजेन्द्र पुजाली, नारायणप्रसाद शर्मा र सुरेश चौधरी, सचिव तुला गिरी, सहसचिवमा बसन्त नेपाली र कोषाध्यक्ष भगवता अधिकारी निर्वाचित हुनु भएको छ भने राजपुर गाउँपालिका अध्यक्षमा चक्रबहादुर खड्का, उपाध्यक्षहरू श्यामबहादुर रोका, भोगेन्द्रसिंह राजपुत र लक्ष्मी देवी चौधरी, सचिव विष्णु प्रसाद यादव, सहसचिव दिलमती ओली चौधरी र कोषाध्यक्ष भीम वली सर्वसम्मत निर्वाचित हुनु भएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै बंगलाचुली गाउँकमिटि अध्यक्षमा डोमाकान्त कँवर मगर, उपाध्यक्षहरूमा गिरिराज बाँठा मगर, यमुना घर्ती र रमा पुन, सचिव दामोदर खड्का, सहसचिव शोभाराज विश्वकर्मा र कोषाध्यक्षमा बासुदेव महरा निर्वाचित हुनु भएको छ । तर तुलसीपुर उपमहानगरपालिकामा ७३ सदस्यीय र लमहीमा कार्यसमिति चयन भएता पनि नेतृत्व चयन हुन बाँकी रहेको छ । माओवादी केन्द्रका अनुसार उक्त कमिटिले आगामी बैठकबाट नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार