• २०७८ माघ १४ गते शुक्रवार

जाजरकोट बस दुर्घटनाः पाँच जनाको मृत्यु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

जाजरकोटमा बस दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे–९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली, आठबीसकोट–५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाही, आठबीसकोट–४ की चार वर्षीया दिव्या शाही, नलगाड–३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार र सप्तरी राजविराजका ४० वर्षीय गंगाराम यादव रहेका प्रहरीले जनाएको छ । आज नेपालगञ्जबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस जाजरकोट–९ कुदु बराहचौरमा दुर्घटना भएको थियो । बसमा सवार ३२ जना यात्रु रहेकामा २७ जना घाइते भएको प्रहरीले बताएको छ । प्रहरी नायब उपरीक्षक मधुकुमार थापाका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । बस सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार