• २०७८ माघ १४ गते शुक्रवार

नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्विरोध निर्वाचित भएका छन । जिल्ला सभापतिका उम्मेदवार प्रतिद्धन्दी भुव बहादुर डाँगीले पछि सर्मथन गरेपछि डाँगी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सभापति पदका लागी पहिलो चरणमा भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत लिन नसकेपछि दोस्रो पटक मतदान गर्ने तयारी गरिएको थियो । तर नेताहरुको छलफलका कारण सहमती जुटेपछि डाँगी निर्वाचित भएका हुन । सभापतिमा सहमती जुटेपछि मतदान पनि स्थगित गरिएको छ । सभापतिका लागी चार जनाले उम्मेदवारी दिएका थिए । शनिवार भएको मतदानमा सभापति पदका उम्मेदवार शंकर डाँगीले ७७६ र भुप बहादुर डाँगीले ५४६ मत प्राप्त गरेका थिए । अन्य दुई जनाको मत भने थौरे रहेको थियो । जिल्लामा दुई हजार एक सय ९२ जम्मा मतदाता रहेकोमा मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार