• २०७८ माघ १४ गते शुक्रवार

वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेटमा लुम्बिनी र गण्डकी प्रदेश विजयी भएका छन् । शनिबार मूलपानी मैदानमा भएको खेलमा कप्तान देव खनाल र विशाल विक्रम केसीको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले बागमतीलाई ३ विकेटले पराजित ग¥यो । लुम्बिनीले १९४ रनको लक्ष्य ४६.५ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ६७ रन बनाए । यस्तै प्रज्वल थापाले ३४ रन जोडे भने वासिर अहमदले ३१ रनमा अविजित रहे । बागमतीका गौतम केसीले सर्वाधिक ३ विकेट लिए भने प्रतिस जिसी, क्रिस कार्की र तिलक भण्डारीले समान १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४७ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनाएको थियो । बागमतीका लागि विवेक मगरले ४०, प्रशान्त महतले ३६ तथा विपिन शाहीले २४ रन बनाए । लुम्बिनीका विशाल विक्रम केसीले ७ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।यस्तै मोहम्मद हुसेन र कमल वलीले २–२ विकेट लिए भने दुर्गेश गुप्ता र राहुल चौधरीले समान १ विकेट लिए । यस्तै कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले नै पराजित गर्दै पहिलो जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार