• २०७८ माघ १४ गते शुक्रवार

३ वर्षदेखि छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

दैलेखमा आफ्नै छोरी माथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यलय दैलेखमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । पीडित किशोरीकी आमाले गत बिहीबार जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा दैलेख प्रहरीले पक्राउ गरी ती पुरुषलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु भएको दैलेख प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त पुरुषले नाबालिका छोरीलाई विगत ३ वर्षदेखि पटक–पटक फकाई, डरत्रास देखाई र प्रलोभनमा पारी जबरजस्ती यौन हिंसा गरेको आरोप छ । बाबुबाट यौन हिंसाको शिकार भएकी ती बालिका ‘डिप्रेशन’को शिकार भएको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार