रुपन्देहीमा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ४ का ५३ वर्षका गीतानाथ खनाल र उहाँको १३ वर्षको छोरा सुदीप रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । तर अस्पतालले मृत घोषणा गरेको रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
जानकारीमूलक र रोचक भिडियोहरु हेर्नका लागि अनलाइन राप्तिसोनारीको युटुब च्यानल (Online Raptisonari) सब्सक्राइब गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस