• २०७८ माघ १४ गते शुक्रवार

एमालेलाई मात्रै नभइ देश नै हाँक्ने नेतृत्व निर्माण गर्ने एमाले अध्यक्ष ओलीको भनाई

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताएका छन । उनले दशौँ महाधिवेशनबाट एमालेलाई मात्रै नभइ देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्ने बताएका छन । चितवनमा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा उच्चस्तरको समझदारी र एकता कायम गरी देशलाई दिशानिर्देश गर्ने नेतृत्व निर्माण गर्ने उल्लेख गरे । महाधिवेशनको बन्द सत्रबाट सुखद सन्देशसहित बाहिरिने उनको भनाइ छ । अध्यक्ष ओलीले महाधिवेशनको बन्द सत्रले उच्चस्तरमा सहमति, एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लासपूर्ण रूपमा सम्पन्न भएर सफलताको सूचनासहित यही मङ्सिर १३ गते पत्रकार सम्मेलनबाट घोषणा गर्ने बताए । एमालेको दशौँ महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार