नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत दाङको निर्वाचनका लागी शुक्रवार मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका लागी विहान ११ बजेदेखी दिउँसो साढे दुई बजे सम्म मनोनयन गर्ने समय सिमा दिईएको थियो । जिल्ला निर्वाचन समितिका अनुसार जिल्लाको नेतृत्वका लागी ११७ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन समितिका कार्यवाहक संयोजक तथा प्रवक्ता युवराज बस्नेतका अनुसार सभापति पदका लागी चार जनाले मनोनयन दर्ता गराएका छन् । जसमा कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत, भुव बहादुर डाँगी र शंकर डाँगीले मनोनयन दर्ता गराउनु भएको छ । यस्तैगरी उपसभापतिका लागी सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदिप कुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञ बहादुर वली सुवाले मनोनयन दर्ता गराउनु भएको उनले जानकारी दिए । यस्तै गरी सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । जसमा अर्जुनकुमार योगी, कृष्ण प्रसाद सुवेदी, बालिका लम्साल र सुर्यप्रकास राना, सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी , हरि प्रसाद भुसाल र सुवोध कुमार डाँगीले उम्मेदवारी दिनुभएको छ । निर्वाचन भोलि(शनिवार) विहान आठ बजेदेखी घोराहीको भरतपुरमा मतदान हुने निर्वाचन समितिले जनाएको छ ।