• २०७९ जेष्ठ ११ गते बुधवार

बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

जुम्लाको तिला गाउँपालिका ९ मा रहेको बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । धाराखोलामा रहेको बालुवा खानीमा पुरिँदा सोहि वडा बस्ने १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावतको मृत्यु भएको प्रहरीले बताएको छ । स्थानीयवासी बिनबहादुर रावतका अनुसार आज शुक्रवार बिहान ७ बजे बालुवा सङ्कलनका लागि उनीहरू बालुवा खानी पसेका थिए । बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट झन्डै ३५ कोष टाढा छ । यो घटनाको खबर प्राप्त भएलगत्तै रारामा रहेको प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानुका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार