• २०७९ जेष्ठ ११ गते बुधवार

नेपाली महिला क्रिकेट टोली मलेसियालाई हराउँदै शीर्ष स्थानमा

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ६ विकेटले हराएको छ । आज शुक्रवार दुबईको आईसीसी एकेडेमीमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि सीता राना मगरले ३०, रुबिना क्षेत्रीले २० र सरिता मगरले नटआउट १५ रन बनाइन् । बलिङतर्फ मलेसियाका तर्फबाट आइसेया इलेसाले एक विकट लिइन् । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९२ रन बनायो । बलिङतर्फ नेपालका तर्फबाट सबनम राईले दुई विकेट लिँदा कविता कुँवर, सीता राना मगर र रुबिना क्षेत्रीले एक विकेट लिइन् । यो जितसँगै नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । योसँगै आउँदो वर्ष हुने टी–२० विश्व कप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार