• २०७८ माघ १४ गते शुक्रवार

एक पुरुषको हत्या गरेको आशंकामा दुई जना महिला पक्राउ

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

सल्यानमा एक पुरुषको हत्या गरेको आशंकामा भाउजु नाता पर्ने दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शारदा नगरपालिका वडा न.५ रानीकोट बस्ने २५ वर्षीया लक्ष्मी चन्द र २६ वर्षीया राधा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक सोहि ठाउँ बस्ने ३० वर्षीय शेर बहादुर चन्द रहेको जिल्ला प्रहरी कर्यालय सल्यानका प्रहरी निरीक्षक श्याम प्रसाद यादवले जानकारी दिए । शव घर नजिकै ५० मिटर दुरी पर्ने बाँस घारीमा आधा शरीर जलेको अवस्थामा आज बिहान फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार