• २०७८ मङ्सिर १७ गते शुक्रवार

कर प्रणाली सजह बनाउन ब्यवसायीको माग

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

बाँकेका उद्योगी, व्यवसायीहरुले कर प्रणालीलाई सरल र सहज बनाउन आग्रह गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय नेपालगन्ज र राजश्व अनुसन्धान कार्यालय, कोहलपुरको संयुक्त सहकार्यमा बुधवार आयोजना गरेको अन्तरक्रियामा बोल्ने व्यवसायीक अगुवाहरुले कर प्रणाली निजीक्षेत्र मैत्री नभएको गुनासो गरे ।

उनीहरुले कर प्रणालीलाई समयसापेक्ष सुधार नगर्दा निजीक्षेत्रले दुःख पाएको उल्लेख गरे ।

कार्यक्रममा सहभागि रहेका आन्तरिक राजश्व कार्यालयका अधिकारीहरुले समयसापेक्ष कर प्रणालीको विकास गरी त्यसलाई सरल र सहज बनाउने सरकार लागि परेको जनाएका थिए ।

नेपाल सरकारको कर सम्बन्धि परिवर्तीत कानूनी व्यवस्थाहरुको बारेमा ‘कर सचेतना तथा अभिमुखीकरण कार्यक्रम’ संघको सभाहल सम्पन्न गरिएको थियो ।

कर सम्बन्धी निती नियमका बारेमा जानकारी अभाव हुँदा समस्या झेल्नुपरिरहे पछि कानूनी व्यवस्थाका बारेमा प्रशिक्षण दिइएको हो । उक्त कार्यक्रमको अध्यक्षता नेपालगंज उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष आदेश कुमार अग्रवालले गरेका थिए ।

राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक नरनाथ गिरीको प्रमुख अतिथि तथा आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर प्रमुख शरद चन्द्र पौडेल र भन्सार कार्यालय नेपालगन्जका प्रमुख जय बहादुर भण्डारीको विशिष्ठ अतिथि रहेका थिए ।

साथै संघमा आवद्ध वस्तुगत संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र संघका पदाधिकारी एवम् कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपालगंज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार