• २०७८ मङ्सिर १७ गते शुक्रवार

आमिर खानकी छोरीको उत्तेजक ‘फोटोसुट’

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

चर्चामा आउन मानिसहरुले अनेक हर्कत गर्दछन् ।

‘मिस्टर पर्फेक्सनिष्ट’ का उपनामले समेत चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले पनि चर्चामा आउनको लागि अनेकन हर्कत गरेकी छिन् ।

पिता आमिर खानको फिटनेस ट्रेनरको प्रेममा इरा खान
केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् ।

पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् ।

यस्तै फन्डा गर्ने क्रममा इराले जंगलमा केही फोटोसुट गरेकी छिन् ।

इन्स्टाग्राममा ३ लाख ८१ हजार भन्दा बढी फ्लोअर्स कमाएकी इरालाई चर्चामा आउनकै लागि अनेकन हर्कत गर्ने गरेको प्रतिक्रया आउने गरेको छ ।

इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् ।

आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो ।

सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार