• २०७८ मङ्सिर १७ गते शुक्रवार

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

काठमाडौं : दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो संख्या अघिल्लो बर्ष २०२० को तुलनामा चार हजार कम हो । कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार नौ सय प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् ।

कोटा तोकिएका ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार सात सय, कृषि क्षेत्रमा छ हजार चार सय र मत्स्यपालन क्षेत्रमा तीन हजार आउन पाउनेछन । त्यस्तै निर्माण क्षेत्रमा एक हजार आठ सय, सेवा क्षेत्रमा एक सय जना तोकिएको छ । यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार प्रतिबद्ध पुनः प्रवेश अन्तर्गतका श्रमिक कोरिया जान पाउने छन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार